बुद्धको मार्गले सामाजिक एकता र सहअस्तित्व बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभइ सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकाना दिनुहुँदै प्रदेश प्रमुख मियाँले यस्तो बताउनुभएको हो । उहाँले सम्पूर्ण नेपाली जनता, बौद्ध धर्मावलम्बीहरुलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गर्नुभएको छ ।

विश्व शान्तिका अग्रदूत एवम् राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्ने प्रदेश प्रमुखको विश्वास छ । उहाँले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने मियाँको विश्वास छ । उहाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुने प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...