विद्युत र खानेपानी पुगेपछि स्थानीय खुशी

Published on

काठमाडौँ । सल्यानको त्रिवेणि गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरु बसाईसराई गरेर नजिकैको बजार काभ्रा त कोही छिमेकी जिल्ला दाङ झरिसकेका छन् । तर पछिल्लो समय गाउँसम्मै मोटरबाटो पुगेपछि स्थानीयहरुमा नयाँ आशा पलाएको छ । भौगोलिक विकटताका कारण गाउँमा मोटरबाटो पुग्ला भन्ने नसोचेका स्थानीय सुरेन्द्र रोका बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारले यस्तो ठाउँसम्म पनि बाटो ल्यायो । हामीलाई किनमेलका लागि काभ्रा बजार पुग्न पनि दिनभर लाग्थ्यो । अब धेरै सजिलो हुने भयो ।”

संघिय सरकारको ८० लाख र त्रिवेणी गाउँपालिकाको ८० लाख गरी कुल एक करोड ६० लाख लागतमा कोलचौर खज्जर अनुरुद्र हुदै दाङ जोड्ने मोटरबाटो निर्माण गरिएको हो । वि.सं. २०८० फागुन ३ बाट निर्माण कार्य सुरु भएको यस मोटरबाटो निर्माण भइसकेपश्चात आईतबार त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले उद्घाटन गर्नुभएको हो । “हामीले निर्वाचनको बेला गरेको वाचाहरु क्रमिक रुपमा पुरा गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “मोटरबाटोसँगै खानेपानी, कृषि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रको विकासका लागि इमान्दारपूर्वक लागिपरेका छौँ ।” विकट र दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनको भनाइ छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले यस सडकलाई अझै राम्रो बनाउनको लागि यस वर्ष पनि बजेटको व्यवस्था गरी स्तरवृद्धिको काम भैरहेको जानकारी दिनुभयो । छिमेकी जिल्ला दाङ जोड्ने सिमानासम्म मोटरबाटो निर्माण भएको भन्दै वडाअध्यक्ष दल बहादुर बस्नेतले यस मोटरबाटोले दिर्घकालिन रुपमा महत्वपूर्ण फाइदा पुर्याउने बताउनुभयो ।

गाउँमा विकासले छोएको भन्दै स्थानीयहरुले स्थानीय सरकारप्रति सन्तोष पोखेका छन् । “पहिले त धेरै नै दुःख काट्नुपर्यो”, स्थानीय जीत बहादुर केसीले भन्नुभयो, “खानेपानीका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था थियो । अहिले त घरघरमा पानी, विजुली वत्तिको सुविधा छ । सडक पनि आइसक्यो । गाउँपालिकाले राम्रो काम गरेको छ ।” निसान बिआर जेभि शारदा नगरपालिका, १ सल्यान मार्फत ठेक्का प्रक्रियाबाट मोटरबाटो निर्माण गरिएको हो । निर्माण व्यवसायी डिल्ली केसीले विविध समस्याका वावजुध पनि मोटरबाटो निर्माण गरिएको उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...