थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत छ: गृहमन्त्री रमेश लेखक

Published on

कमाठमडौँ । गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत रहेको बताउनु भएको छ । कारागार कार्यालय मोरङको नव–निर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताउनुभयो । ‘त्यस कारण लोकतन्त्र चाहिएको हो । थुनुवाको होस् या कैदीबन्दीको होस् मानवअधिकारबारे सरकार सचेत छ,’ उहाँले भन्नुभयो । यस्तै गृहमन्त्री लेखकले कारागारमा कैदी बन्दीको संख्या बढी हुँदा केही जोखिम रहेको बताउनु भयो । ‘त्यसको निराकरण गर्नका लागि कारागारलाई व्यवस्थित गर्ने काम अगाडि बढेका छन् । त्यसकै उदाहरणका रुपमा यो कारागार भवनलाई लिन सकिन्छ,’ उहाँले भन्नुभयो । खुला कारागारको अवधारलाई अगाडि बढाउन आवश्यक भएको गृहमन्त्री लेखकको भनाइ छ ।

‘कारागार मात्रै होइन सुधारगृहका रुपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रुपमा पनि विकास गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘ मानिस कैदीबन्दीका रुपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ । आयआर्जन हुन्छ । त्यसैले कारागारलाई उद्योगका रुपमा विकास गर्ने कोसिस गरिरहेका छौं ।’ मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ । ‘कारगारबाट बाहिर निस्किँदा मानिस नयाँ चेतना र नयाँ सोचका साथ समाजमा फर्किएर जान्छ । कैदीबन्दीलाई उद्योमशिल बनाउन कारागारलाई आधुनिक बनाइँदै छ,’ उहाँले भन्नुभयो ।

यस्तै वर्तमान सरकारले स्थिरताको दिएका भन्दै मुलुकमा आर्थिक गतिविधिमा सुधार आएको गृहमन्त्री लेखकले बताउनु भयो । ‘भोलि सरकार बनेको १० महिना हुँदैछ । १० महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छैन छ । यो स्थिरता हो । यसले मुलुकको आर्थिक गतिविधिमा सुधार ल्याएको छ,’ उहाँले भन्नुभयो,‘नीतिगत रुपमा कानुनी सुधारका लागि पनि हामी अगाडि बढेका छौं ।’ मुलुकको निराशालाई समाप्त गरेर आशामा बदल्न सरकार बनेको भन्दै आफूहरु आशा जगाउने कुरामा अगाडि बढेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...