कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानी–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको छ भन्नुभयो । उहाँले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उहाँले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले सरकारले सुशासन मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताउनुभयो । कोशी प्रदेश सरकारले संविधान र कानुनबाहिर गएर कुनै पनि काम नगर्ने बताउनुभयो । विपद्का क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको स्मरण गराउँदै उहाँले जनतालाई सुरक्षित बनाउने अनुभूतिका साथ काम गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले आफ्नो धारणा राख्नुभएको थियो । कोशीका मुख्यमन्त्री कार्की र गृहमन्त्री लेखकले हस्तान्तरण कागजातमा हस्ताक्षर गर्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...