विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण

Published on

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले प्रि मनसुन सुरु भएको र राजमार्गमा त्रास रहेको बताउनुभयो । उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्याङ्क हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । सरकारका आपसी निकायहरुका बिचमा समन्वय नहुँदा विपदको उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।

‘‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपदका घटनाहरु भए । २१ जनाका मृत्यु भयो । अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।,’’ सांसद सापकोटाले भन्नुभयो, ‘‘सरकारका आपसी निकायहरुका बिचमा समन्वय नहुँदा विपदको उद्धार र व्यवस्थापनमा ढिला भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्णरुपमा बन्द भएको छ ।’’ सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्णरुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत बोकेका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनुभयो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...