दक्षिण कोरियामा रोजगारी वृद्धि

Published on

काठमाडौँ । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्याङ्कले जनाएको छ । तथ्याङ्क कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको । समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको सङ्ख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो सङ्ख्या ९३ हजारले बढेको छ । १५–२९ वर्ष उमेर समूहका लागि रोजगारी एक लाख ७४ हजारले घटेको छ भने ४० र ५० वर्ष उमेर समूहका लागि रोजगारी ५१ हजार र १४ हजारले घटेको छ ।

गत वर्षको सोही महिनाको तुलनामा अप्रिलमा उत्पादकहरू बीचको रोजगारी एक लाख २४ हजारले घटेको छ । यो सन् २०१९ फेब्रुअरीपछि छ वर्षभन्दा बढीमा सबैभन्दा कम हो र लगातार १०औँ महिनामा गिरावटको प्रवृत्ति रहेको छ । निर्माण र थोक र खुद्रा उद्योगहरूमा गुमाएको रोजगारी क्रमशः एक लाख ५० हजार र तीन हजार पुगेको छ । यो लगातार १२औँ र १४औँ महिनामा घट्दै गएको छ । स्वास्थ्य तथा समाज कल्याण सेवा, विज्ञान तथा प्रविधि सेवा र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीको सङ्ख्या दुई लाख १८ हजार, एक लाख १३ हजार र ७२ हजार पुगेको छ । अप्रिलमा बेरोजगारको सङ्ख्या आठ लाख ५४ हजार थियो । यो एक वर्ष अघिको तुलनामा ३१ हजारले कम हो । बेरोजगारी दर शून्य दशमलव एक प्रतिशतले घटेर दुई दशमलव नौ प्रतिशतमा प्रतिशतमा झरेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...