इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

Published on

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु भएको छ। यो बहस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सुरु गरेका हुन्। उनले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको शासनमाथि प्रश्न उठाउँदै, ‘यदि अहिलेको सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने?’ भनी लेखेका छन्। उनले ‘MIGA’ (Make Iran Great Again) भन्ने नारा पनि प्रयोग गरेका छन्।

खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता छन्। यसअघि १९७९ मा भएको इस्लामिक क्रान्तिले राजतन्त्रको अन्त्य गरी आयातुल्लाह रुहोल्लाह खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्र स्थापना भएको थियो।

भारतका एक विशेषज्ञले बीबीसीलाई भनेअनुसार, अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्न भन्दा पनि खामेनीलाई सत्ताबाट हटाउने लक्ष्य राखेका छन्। ट्रम्पका भनाइले पनि यही संकेत गर्छ।

शनिबार राति अमेरिका र इजरायलले इरानका फोर्दो, नतान्ज र एस्फाहनमा रहेका परमाणु केन्द्रमा आक्रमण गरेका थिए। अमेरिका आक्रमण सफल भएको दाबी गरिरहेको छ भने इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...