काठमाडौंका सबै प्रकारका कार्यालय आजबाटै खुल्ने

Published on

काठमाडौं । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको गरेको ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ मा सो कुरा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘‘विगत २ ९दुई० दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ ९दुई० दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’’

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले आइतबार राती १० बजे जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

यसैगरी, ललितपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भरतकुमार वलीले पनि सूचना जारी गर्दै ललितपुर जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने र सेवा सुरु गर्ने सूचना जारी भएको जानकारी दिनु भएको छ ।

यसअघि गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।

मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आइतबार जारी गर्नुभएको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ । यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् ।

ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ...