कार दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

Published on

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह सुनौलीदेखि रामपु तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत सडक छेउको ढुङ्गामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमा चालक रामपुर नगरपालिका–५ बेझाँड बस्ने ४० वर्षीय हम्जा खान, सोही स्थानका ३० वर्षीय रुक्साना खातुन, ३६ वर्षीय फारुख खान, १३ वर्षीय हम्दान खान, ४ वर्षीय फरदान खान र ६ वर्षीय इफरा खान रहेका छन् । घाइतेमध्ये रुक्सानाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...