प्रहरीमाथि आक्रमणको आरोपमा सर्लाहीका वडाध्यक्ष पक्राउ

Published on

काठमाडौं, असोज २२ — सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरीमाथि कुटपिट र चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।

४० वर्षीय दासलाई मंगलबार बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैयाअगाडि पक्राउ गरिएको हो। सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार, असोज १७ गते साँझ वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकी गोडैतामा ढुंगामुढाप्रहरी कुटपिट गरिएको आरोप छ।

चौकी इन्चार्जको दाँत भाँचियो, पाँच प्रहरी घाइते

प्रहरी आक्रमणमा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिका दुई दाँत भाँचिएको र अन्य पाँच प्रहरी कर्मचारी घाइते भएको डिएसपी राईले जानकारी दिनुभयो। ढुंगामुढा र बाँसको भाठा प्रहार हुँदा तीनवटा मोटरसाइकलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

चन्दा उठाउने विवादपछि आक्रमण

दुर्गा पूजाका लागि चन्दा उठाउने विवादपछि घटना भएको जनाइएको छ। स्थानीय कारिल यादवलाई अनिलराय यादवसहितले कुटपिट गरेको विषयमा छलफल गर्न वडाध्यक्ष दास प्रहरी चौकी पुगेका थिए। त्यसक्रममा आक्रमण भएको प्रहरीको आरोप छ।

कुटपिटको आरोपमा ठेकेदार समेत रहेका अनिलराय यादव प्रहरी नियन्त्रणमा छन्।

राजनीतिक पूर्वाग्रहको आरोप, गोडैता बजार बन्द

वडाध्यक्ष दासको पक्राउको विरोधमा गोडैता बजार बुधबार बिहानदेखि बन्द गरिएको छ। गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले दासलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाउनुभएको छ।

दासमाथि कुटपिट, अंगभंग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो मुद्दामा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट म्याद थप गरिने तयारी प्रहरीले गरिरहेको छ। अहिले उनी जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा छन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...