सुनको मूल्यमा उछाल, एक तोलामा रु १,२०० ले वृद्धि

Published on

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज (बिहीबार) एक तोला सुनको मूल्य रु १,२०० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु २,३८,००० मा कारोबार भएको सुनको मूल्य आज बढेर रु २,३९,२०० कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार एक तोला चाँदी रु २,९५५ मा कारोबार भएकोमा आज त्यो मूल्य बढेर रु ३,०२५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४,०५५ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...