मुगुमा बाढीले बगाएर एक व्यक्तिको मृत्यु

Published on

काठमाडौं — मुगुको छायानाथ रारा नगरपालिका–६, कोटिला गाउँका एक वृद्धको बाढीले बगाउँदा ज्यान गएको छ।

६६ वर्षीय धर्मसिंह मल्लको बुधबार दिउँसो चडिपानीस्थित चरन क्षेत्रमा गाईगोरु चराउने क्रममा बाढीले बगाउँदा मृत्यु भएको छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेपबहादुर रावलले जानकारी दिनुभयो।

उहाँका अनुसार, अविरल वर्षाका कारण आएको बाढीले मल्ललाई करिब दुई मिटर तल बगाएको थियो। मल्ल फरक क्षमता (अपाङ्गता) भएका व्यक्ति थिए।

वडाध्यक्ष रावलले थप जानकारी दिँदै भन्नुभयो, “चडिपानी क्षेत्रमै चराइका लागि लगिएका गाईगोरु भने सुरक्षित छन्, कुनै क्षति पुगेको छैन।”

प्रमुख जिल्ला अधिकारी खडान्द खत्रीका अनुसार घटना लगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि तयारी भइरहेको जनाइएको छ।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...