मुगुमा बाढीले बगाएर एक व्यक्तिको मृत्यु

Published on

काठमाडौं — मुगुको छायानाथ रारा नगरपालिका–६, कोटिला गाउँका एक वृद्धको बाढीले बगाउँदा ज्यान गएको छ।

६६ वर्षीय धर्मसिंह मल्लको बुधबार दिउँसो चडिपानीस्थित चरन क्षेत्रमा गाईगोरु चराउने क्रममा बाढीले बगाउँदा मृत्यु भएको छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेपबहादुर रावलले जानकारी दिनुभयो।

उहाँका अनुसार, अविरल वर्षाका कारण आएको बाढीले मल्ललाई करिब दुई मिटर तल बगाएको थियो। मल्ल फरक क्षमता (अपाङ्गता) भएका व्यक्ति थिए।

वडाध्यक्ष रावलले थप जानकारी दिँदै भन्नुभयो, “चडिपानी क्षेत्रमै चराइका लागि लगिएका गाईगोरु भने सुरक्षित छन्, कुनै क्षति पुगेको छैन।”

प्रमुख जिल्ला अधिकारी खडान्द खत्रीका अनुसार घटना लगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि तयारी भइरहेको जनाइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...