रामेछापको सुनापति–३ मा ७७ परिवार पहिरोको उच्च जोखिममा, तत्काल पुनर्स्थापना माग

Published on

काठमाडौं, रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ का केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको उच्च जोखिममा परेका छन्। लगातारको वर्षाले पहिरो बढेपछि उनीहरूका बस्तीहरू सिधै तलतिर सर्दै गएका छन्।

पीडितहरूका अनुसार असोज १७, १८ र १९ गते परेको अविरल वर्षाले पहिलेदेखि नै पहिरो प्रभावित क्षेत्रलाई अझ असुरक्षित बनाएको छ। पहिरोका कारण कतिपय घरहरू पूर्ण रूपमा भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर बस्न अयोग्य भएका छन्।

स्थानीय बासिन्दाले तत्काल सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेका छन्। “अब बस्न सकिने अवस्था छैन, तत्काल वासको व्यवस्था र स्थायी पुनर्स्थापनाको जरुरी छ,” स्थानीय पीडित सीता खड्काले बताउनुभयो।

गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र राहत स्वरूप केही रकम उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो।

वर्षा रोकिए पनि पहिरोको गति नरोकिएको जनाउँदै वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा पीडितको पहिचान गरी पुनर्स्थापना प्रक्रिया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

गाउँपालिकाले रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरे पनि वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडित बाध्यतावश पुरानै घरमै बसिरहेका छन्।

स्थानीय बासिन्दा मीनबहादुर खत्रीका अनुसार यो क्षेत्रलाई २०३५ सालमै पहिरो जोखिम क्षेत्रका रूपमा सूचीकरण गरिएको थियो। त्यसबेला केही परिवार सारिए पनि पुनः बस्ती बसाइएको थियो।

पीडित रोज थिङ भन्छन्, “जग्गा जमिन यहीँ भएकाले अन्यत्र जान पनि सकिएको छैन। तर अब यहाँ बस्न सक्ने अवस्था छैन।”

समयमै राहत, पुनर्स्थापना र दीर्घकालीन समाधान नहुँदा ठूलो जनधनको क्षति हुन सक्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...