तिहार सुरु, बागलुङमा देउसीभैलो खेलाइ सुरु – प्रशासनको ९ बजेपछि निषेध

Published on

काठमाडौं कात्तिक १ — कात्तिक कृष्ण त्रयोदशीका दिन आज (शनिबार)देखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व औपचारिक रूपमा सुरु भएको छ। तिहारको अवसरमा देशभर झैँ बागलुङमा पनि विभिन्न क्लब, समूह र युवाहरूले देउसीभैलो खेल्न सुरु गरेका छन्।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गर्दै पर्वलाई संस्कृति अनुरूप शान्तिपूर्ण ढंगले मनाउन आग्रह गरेको छ।

प्रशासकीय अधिकृत नारायण कार्कीद्वारा जारी सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक क्रियाकलाप गर्दा भाइचारा, आत्मीयता र परम्पराको सम्मान हुने गरी मनाउन अनुरोध गरिएको छ।

राति ९ बजेपछि देउसीभैलो निषेध

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने स्पष्ट पारेको छ। साथै, सवारी साधनको छतमा यात्रा नगर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, र भाडाका सवारीमा अनावश्यक शुल्क असुली भएमा प्रहरीलाई खबर गर्न समेत सूचनामा आग्रह गरिएको छ।

पटाका, आतिशबाजीमा पूर्ण प्रतिबन्ध

प्रशासनले तिहारको क्रममा भुइँचम्पा, पटाका, आतिशबाजी जस्ता विस्फोटक तथा ज्वलनशील वस्तु प्रयोग नगर्न कडा चेतावनी दिएको छ। यस्ता सामग्रीको ओसार–पसार, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको र उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।

जुवा खेल र कृत्रिम अभाव नगर्न आग्रह

तिहारमा तास, कौडा लगायतका पैसा हार–जित हुने जुवाजन्य खेल गतिविधिमा संलग्न नहुन पनि सूचनामार्फत आग्रह गरिएको छ।

कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि जस्ता कार्य नगर्न पनि व्यवसायीलाई सचेत गराउँदै, यस्तो कार्यमा संलग्न देखिएमा कानुनी कारबाही गरिने उल्लेख छ।

प्रशासनले पर्व शान्तिपूर्ण, सुरक्षित र सांस्कृतिक मर्यादा अनुसार मनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...