दोलखामा बोलेरो दुर्घटना: चार जना घाइते, अस्पतालमा उपचार हुँदै

Published on

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–९, स्यासीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएका छन् । 

मङ्गलबार बिहान ९ बजे वडा ९ कै भित्री सडकमा ग. २ च. ३४०० नम्बर बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेमा ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया कुमारी श्रेष्ठ रहेका छन् । उनीहरूको टाउको, मुख तथा आँखामा चोट लागेको छ । उनीहरुको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । 

गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । 

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...