दोलखामा बोलेरो दुर्घटना: चार जना घाइते, अस्पतालमा उपचार हुँदै

Published on

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–९, स्यासीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएका छन् । 

मङ्गलबार बिहान ९ बजे वडा ९ कै भित्री सडकमा ग. २ च. ३४०० नम्बर बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेमा ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया कुमारी श्रेष्ठ रहेका छन् । उनीहरूको टाउको, मुख तथा आँखामा चोट लागेको छ । उनीहरुको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ । 

गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...