नेपाली बजारमा फेरि सुनको मूल्य घट्यो

Published on

काठमाडौं । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ९ सय रुपैयाँले मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। तिहारपछि मात्रै सुनको मूल्य प्रतितोला १६ हजार ५ सय रुपैयाँले घटिसकेको छ।

असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...