मुस्ताङमा पहिलो हिमपात, जनजीवन प्रभावित

Published on

काठमाडौं । उपल्लो मुस्ताङमा मङ्गलबार बिहानैदेखि व्यापक हिमपात सुरु भएको छ । ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बस्ती र आसपासका उच्च हिमाली क्षेत्र सेताम्य बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ल्होमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार तिब्बतसँग सीमा जोडिएका छोसेरको कोरला नाका, छोन्हुप, घमी, चराङ, र सुरखाङ क्षेत्रमा पनि बाक्लो हिमपात भइरहेको छ ।

हिन्दु र बौद्ध दुवैका लागि महत्वपूर्ण तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च स्थानमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको वडाध्यक्ष कर्मघ्यचो गुरुङले जानकारी दिनुभयो । तीर्थयात्री र स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

मुक्तिनाथ जाने कागबेनी–मुक्तिनाथ सडकखण्डमा हिमपातका कारण सवारीसाधन चल्न कठिन भएको छ । यात्रु बोकेको मोटरसाइकल खिङ्गा क्षेत्रमा रोकिएको वडाध्यक्ष प्रमेश गुरुङका अनुसार मन्दिरतर्फ अहिले आवागमन सम्भव छैन । उहाँले भन्नुभयो, “भारी हिमपात भइरहेको छ, सडक चिप्लो भएकाले दुर्घटनाको जोखिम बढेको छ ।” मन्दिर परिसरका १०८ धारा, कुण्ड र आसपासका क्षेत्र हिउँले ढाकिएका छन् ।

यो वर्षको पहिलो हिमपातसँगै मुस्ताङको तापक्रम उल्लेख्य रूपमा घटेको छ । जिल्ला प्रशासन कार्यालयले हिमपातका कारण रोकिएका पर्यटक र तीर्थालुमा ‘लेक लाग्ने’ जोखिमलाई ध्यानमा राखी स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार कागबेनीदेखि मुक्तिनाथ र उपल्लो मुस्ताङ क्षेत्रतर्फ तत्काल नजान अनुरोध गरिएको छ । सवारीसाधन दुर्घटनाको जोखिम बढेकाले सुरक्षाकर्मी परिचालन गरी पर्यटकलाई सतर्क बनाइएको उहाँले बताउनुभयो ।

प्रशासनले जिल्लामा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । प्रजिअ भुसालले भन्नुभयो, “हिमपातले जनजीवन प्रभावित बनेकाले सम्भावित जोखिम रोक्न सुरक्षा निकायलाई सतर्क राखिएको छ ।”

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...