जलविद्युत आयोजनाका कारण पुल निर्माण अलपत्र

Published on

काठमाडौं । म्याग्दीमा निर्माणधिन जलविद्युत आयोजनाको लापरबाहीका सडक पुल योजना विगत ६ वर्षदेखि अलपत्र परेको छ । दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण दाङखोला मोटरेबल पुल निर्माण योजना अलपत्र परेको हो ।

जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ– गुर्जा  सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरी गाउँपालिका–७ को सिमाना दाङखोलामा निर्माण गर्न लागिएको मोटरेबल पुलको योजना अलपत्र पर्दा बर्खायाममा यातायात सञ्चालनमा समस्या भएको छ ।

पुल  निर्माणका  लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले इन्द्रेणी–फेवा जे.भी. पोखरासँग एकवर्षमा निर्माण सम्पन्न गर्न २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ रुपियाँ ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता लगत्तै १८ मिटर लामो मोटरेबल निर्माण कार्य सुरु गर्ने तयारी भएको अवस्थामा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा दुई सय मिटर माथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल  नबनेको  अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो । तर जलविद्युत आयोजनाले उक्त सहमति कार्यान्वयन नगर्दा पुल निर्माण योजना अलपत्र पर्दै आएको छ । 

जलविद्युुत आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन नसकेकाले आयोजनाले सहमति अनुसार पुल निर्माण गर्नुपर्ने म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो,” गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्व मन्त्री जुग्जालीले भन्नुभयो, “सहमति अनुसार दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनालेनै दाङखोलामा पुल बनाउनुपर्छ ।”

२०७५ मा दाङखोलामा धवलागिरी गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जिर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवत जावत  गर्न समस्या भएको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष  अशोक खत्रीले  बताउनुभयो ।

दाङखोलामा  पुल  नबनेको विषयमा मौखिक रुपमा गरिएको आग्रह तथा धवलागिरी गाउँपालिका–७ को कार्यालयबाट २०८१ चैत २१ गते भएको पत्राचारको विषयमा जलविद्युत आयोजनाले सुनुवाइ  नगरेपछि  सरोकारवालाहरुको मङ्गलबार फेदीमा बसेको बैठकले दवावमुलक कार्यक्रम गर्ने निर्णय भएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

सर्वपक्षीय, सर्वदलीय बैठकले निर्णय कार्यान्वयनका लागि मङ्गलबारनै मालिका गाउँपालिकाको दुखुमा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको कार्यालयमा जानकारी गराइएको छ ।

धौलागिरि कालिका हाइड्रो निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माण स्थल इल्पुमा सारिएको र मोटरेबल पुल को विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...