प्रधानमन्त्रीको सचिवालयद्वारा गृहमन्त्री हटाउने सम्बन्धी समाचार अस्वीकार

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले हाल केही सञ्चारमाध्यममा प्रकाशित गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारहरूलाई पूर्णतः भ्रमपूर्ण र निराधार भएको स्पष्ट गरेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ कि मन्त्री नियुक्ति वा हटाउने अधिकार प्रधानमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्छ, र यस्तो विषयमा कुनै दबाब वा बाह्य प्रभावको सम्भावना नै रहँदैन।

विज्ञप्तिमा जनाइएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार वर्तमान सरकार गठन भएको हो। असामान्य परिस्थितिमा जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई सफल बनाउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर प्रयासरत रहनुभएको छ, जुन सबैलाई विदित छ।”

साथै, प्रधानमन्त्रीको सचिवालयले हालको संवेदनशील अवस्थामा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...