कालीगण्डकी नदीमा पुल निर्माण : पाँच वर्षमा ४० प्रतिशत मात्रै काम

Published on

काठमाडौं । पाँच वर्षमा सक्नुपर्ने पुलको काम पाँच वर्ष बित्नै लाग्दा पनि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनी गुल्मी र स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ सेतीवेनी जोड्नेगरी कालीगण्डकी  नदीमा मोटरेबल पुलको निर्माणमा ढिलाइ भएको हो ।

२०७८ साल असार ३१ गते सडक विभाग, पुल महाशाखा काठमाडौँ र रायमाझी राजेश्वरी जेभी गुल्मीबिच २०८३ भदौ १८ गते सम्पन्न गर्ने गरी ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा सम्झौता भएको थियो ।

सम्पन्न गर्ने मिति नजिकिँदै गर्दा पनि कामले तीव्रता पाउन सकेको छैन । तोकिएको समयमा काम सम्पन्न गर्न सक्ने अवस्था भने नरहेको निर्माण व्यवसायीका प्रतिनिधि भिषण गिरीले बताउनुभयो । कालीगण्डकी  नदीमा वर्षायाममा पानीको बहाव बढ्ने र हिउँद लागेसँगै कालीगण्डकी जलविद्युत् परियोजनाले ड्याम थुनेर विद्युत् उत्पादन गर्ने भएकाले पनि वर्षमा मुस्किलले चार महिना मात्रै काम गर्नसक्ने अवस्था रहेकाले कामले तीव्रता पाउन नसकेको उहाँको भनाइ छ । सुरुको दुई वर्ष पुलको डिजाइनमै समय लागेको र पछिल्लो समय मात्रै काम गर्न पाएको गिरीले बताउनुभयो ।

समयमै पुल निर्माण नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेरै बाइकको यात्रा गर्न बाध्य भएको कालीगण्डकी १ हर्मिचौरका तिलक रानाले गुनासो गर्नुभयो । समयमै पुल निर्माणको काम सकिएमा वारि गाडी राखेर पारि शिला शालिग्रामको दर्शन गर्नका लागि जानुपर्ने अवस्थाको अन्त्य हुने शिला शालिग्रामको दर्शन गर्नका लागि गुल्मीको सदरमुकाम तम्घासबाट पुग्नुभएका सवारी चालक लक्ष्मण कुँवरले बताउनुभयो ।

निर्माण व्यवसायी भागवत गिरीका अनुसार विगतका वर्षहरुमा समयमै भुक्तानी नपाएका कारण कामले तीव्रता नपाएको बताउनुभयो । यस वर्ष उक्त पुल निर्माणमा थप बजेटको व्यवस्था भएकाले कामले तीव्रता पाउने बताउनुभयो । तोकिएकै अवधिमा काम सक्न नसकिने उहाँको भनाइ छ ।

उक्त पुलको लम्बाइ एक सय मिटर र चौडाइ भने फुटपाथसहित ११ मिटरको रहनेछ ।  उक्त पुल निर्माणपश्चात् गुल्मी, स्याङ्जा र पर्वतबिचको सम्बन्धलाई थप नजिक बनाउने विश्वास यहाँका स्थानीयहरुले लिएका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...