तिलिचो बेस क्याम्पमा पाँच दिनदेखि फसेका ११ पर्यटकको सफल उद्धार

Published on

काठमाडौं । मनाङस्थित तिलिचो बेस क्याम्पमा पाँच दिनदेखि उच्च हिमपात र अविरल वर्षाका कारण फसेका ११ जना आन्तरिक पर्यटकलाई सफलतापूर्वक उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ स्कूल (एमआरटीएस) बाट खटिएको विशेष उद्धार टोलीले कठिन यात्रापछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकामध्ये एक जनाको खुट्टामा चोट लागेको, एक नौ वर्षीय बालक र एक महिला बिरामी अवस्थामा रहेका र बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सबैको अक्सिजन स्तर सामान्यभन्दा कम देखिएको र उपचारको व्यवस्था गरिएको बताइएको छ। उद्धार कार्य नौ घण्टासम्मको कठिन यात्रापछि सम्पन्न भएको थियो। दुई फिटसम्म बरफ जमेको साँघुरो र भिरालो बाटो हुँदै एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टोलीले विशेष उपकरण र गियर प्रयोग गरेर अभियान पूरा गरेको हो। उद्धार गरिएका सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम शिक्षालयले यस आर्थिक वर्ष पहिलो पटक हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम सञ्चालन गरेको थियो। तालिमका क्रममा प्रशिक्षक र प्रशिक्षार्थी गरी ३९ जनाले गत अश्विन महिनाको अन्त्यतिर चुलु फार इस्ट (६,०३८ मिटर) शिखर सफलतापूर्वक आरोहण गरेका थिए। सशस्त्र प्रहरी बलका अनुसार यस किसिमका तालिम र अभ्यासहरूले उच्च हिमाली क्षेत्रमा उद्धार क्षमता बढाउने र भविष्यमा यस्ता घटनामा अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्ने विश्वास लिइएको छ। साथै, यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमका बेला पूर्वतयारी र तालिमको अपरिहार्यता स्पष्ट पारेको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...