मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना

Published on

काठमाडौं । बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ । 

आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो । 

ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । 

यो खण्डमा मर्मतपछि हिजो साँझसम्म साना यातायातलाई जिल्ला प्रशासन कार्यालय इलामले सञ्चालनको अनुमति दिएको थियो । राति बन्द गरिएको सडक रातिको पानीपछि पुनः भासिएको र धाँजा फाटेको कारण आज विहानैदेखि फेरि मर्मत थालिएको हो । 

मेची राजमार्गको यो खण्ड अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुुङ जिल्ला प्रत्यक्ष प्रभावित हुने गरेको छ । यता यो सडकको विकल्पमा रहेको सिमल गोलाइ तिल्केनी सडक पनि बन्द छ । 

यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युुमपाइपको बाटो पनि बाढीले बगाएपछि यो सडक बन्द भएको हो । खोलामा बाढी आइरहेकाले यो सडकलाई पुनः सुुचारु गर्न समय लाग्ने डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...