मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना

Published on

काठमाडौं । बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ । 

आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो । 

ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । 

यो खण्डमा मर्मतपछि हिजो साँझसम्म साना यातायातलाई जिल्ला प्रशासन कार्यालय इलामले सञ्चालनको अनुमति दिएको थियो । राति बन्द गरिएको सडक रातिको पानीपछि पुनः भासिएको र धाँजा फाटेको कारण आज विहानैदेखि फेरि मर्मत थालिएको हो । 

मेची राजमार्गको यो खण्ड अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुुङ जिल्ला प्रत्यक्ष प्रभावित हुने गरेको छ । यता यो सडकको विकल्पमा रहेको सिमल गोलाइ तिल्केनी सडक पनि बन्द छ । 

यो मार्गबिचमा पर्ने जोगमाई खोलामा हालिएको ह्युुमपाइपको बाटो पनि बाढीले बगाएपछि यो सडक बन्द भएको हो । खोलामा बाढी आइरहेकाले यो सडकलाई पुनः सुुचारु गर्न समय लाग्ने डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...