नियमित विद्यार्थी पठाउन भन्दै डुम समुदायको दैलोमा प्रधानाध्यापक

Published on

काठमाडौं । सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा अधिकांश दलित विपन्न समुदायका बालबालिकाहरु नै भर्ना भएका हुन्छन् । नियमित विद्यालय नजाने समस्या समाधानका लागि लहान लहान–११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु दलित बस्तीमा दैलो दैलोमा पुग्ने अभियान सुरु गरेको छ ।

त्यस विद्यालयका प्रधानाध्यापक बीरेन्द्रकुमार यादव भन्नुहुन्छ, ‘‘प्रधानाधयापक भएर आएको तीन महिनाको समयमा विद्यार्थीहरु सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरु रहेका पाए । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको अनुपस्थित रहने गरेकाले चाहे अनुसारको सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर नियमित विद्यालय पठाउन अभियान सुरु गरेका छौँ ।’’

लहान–११ पिडरबोनीका राम उदगार मरिक (डुम) को घरमा पुगेर किन नियमित तपाईको चार जना विद्यार्थीहरु नियमित विद्यालय जाँदैन प्रश्न गर्दा हामी डुम समुदायका बालबालिकाहरु पढेर के गर्ने ? खालको कुराहरु सुन्दा संविधानले सारा विभेदहरु हटाइ सकेको छ । विद्यालयमा छुवाछुत छैन । डुम समुदायहरु जे समाजमा हेपिएका दबिएका छन् त्यसबाट मुक्त हुन शिक्षा नै आवश्यक रहेको चेतना दिएपछि मरिक परिवारले नियमित विद्यालय पठाउने विश्वास दिलाएको प्रअ यादवले सुनाउनुभयो ।

दैलोमा आएर नियमित विद्यालय विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरुले आएर दिएको जन चेतनाले अब नियमित विद्यालय पठाउने रामउदगार मरिक (डुम) ले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘‘डुम समुदायलाई हेर्ने दृष्टिकोण परिर्वतन भएको महसुस पनि भयो ।’’ उहाँले भन्नुभयो ।

मधेश प्रदेशका डुम समुदाय र मुसहर समुदायका बालबालिकाहरु अहिले पनि नियमित विद्यालय नजाने बाल श्रमिकको रुपमा काम गर्ने बालविवाह हुने गरेकाले डुम र मुसहर समुदायलाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रमको आवश्यकता रहेका दलित अगुवा लेखक राजेश राम विद्रोहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पिडरबोनी माविका प्रअ लगायत शिक्षकहरुले गरेका प्रयास सार्थक देखियो । यस्तै किसिमको जनचेतना दलित बस्तीमा सामुदायिक विद्यालयहरुले फैलाउन आवश्यक छ ।’’

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार दलित समुदायहरु रहेका बस्तीलाई ध्यानमा राखेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन र दलित बालबालिकाहरुलाई यस वर्षदेखि शैक्षिक सामग्रीको रुपमा कपि पेन्सिल निःशुल्कमा वितरण गर्ने कार्य अघि बढाएका छौँ । दलित बस्तीहरुमा ४१ वटा निःशुल्क टियुशन कक्षा पनि चलिरहेका छन् । विद्यार्थीहरुलाई नियमित कक्षामा हाजिर हुन पिडरबोनी माध्यमिक विद्यालयका प्रअ यादवले थालेको यो कार्यलाई ५९ वटै सामुदायिक विद्यालयमा लागू गराउछौँ ।

डुम र मुसहर समुदायको बालबालिकाहरुलाई शिक्षा दिइनका लागि आवास विद्यालय बनाउनुपर्ने पटक पटक मधेश प्रदेशमा आवाज उठाइ रहेका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...