‘जेनजी’को चाहना पूरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

Published on

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताउनुभएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उहाँले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताउनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिस आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,” उहाँले भन्नुभयो । जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उहाँको भनाइ छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकामा हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताउनुभयो । उहाँले नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदाय स्तरबाट प्रहरी भवन बनेर समाजप्रति प्रहरीको औचित्यलाई पुष्टि गरेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । रासस

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...