गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

Published on

काठमाडौं । कैलालीमा तरकारी बोकेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका –२ टनकपुरमा आइतबार बिहान दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदैगरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको मिनिट्रकले तरकारीका बेर्ना बेच्न हिडेका साइकलयात्री र पैदलयात्रुलाई ठक्कर दिएको थियो । 

मिनीट्रकले एकै ठाउँमा लस्करै चार जनालाई ठक्कर दिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशराज अवस्थीले ट्रकको ठक्करबाट साइकलयात्री बर्दगोरिया गाउँपालिका –६ का ५५ वर्षीय शंकर डंगौराको मृत्यु भएको बताउनुभयो ।

डिएसपी अवस्थीले घाइते हुनेमा पैदलयात्री घोडाघोडी नगरपालिका –२, साँडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका –६ कोटातुल्सिपुरका ४५ वर्षीय हर्कबहादुर डंगौरा र सोही ठेगानाकै २५ वर्षीय कृष्ण चौधरी रहेको जानकारी दिनुभयो । घाइतेहरुको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको छ । 

ट्रक र चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा ४ बस्ने २३ बर्षीय सन्तोष घर्तीमगर प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । स्थानीयले उचित क्षतीपूर्तिको माग गर्दै केहीबेर सडकजाम गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...