निर्वाचन आयोगद्वारा मतदाता विवरण चुहिएको दाबी अस्वीकार, भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

Published on

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी कुनै संवेदनशील सूचना नरहेको स्पष्ट पारेको छ। आयोगले विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सूचना प्रणाली ह्याक गरी गोप्य विवरण फेला पारेको भनिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा आयोगले नागरिकका कानुनबमोजिम गोप्य राखिनुपर्ने सूचनाको सुरक्षामा पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। उनका अनुसार सूचना प्रविधि विज्ञहरूले प्रणालीको निरन्तर अनुगमन, सुरक्षालाई जोखिम विश्लेषण तथा आवश्यक उपायहरूको कार्यान्वयन निरन्तर गर्दै आएका छन्।

आयोगका अनुसार सामाजिक सञ्जालमा ‘आयोगको डेटाबेसबाट निकालिएको’ भन्दै देखाइिएका पीडीएफ फाइलहरू वास्तवमा विगतमा निर्वाचन प्रयोजनका लागि कानुनी रुपमा कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य जानकारी मात्र हुन्। ती फाइलहरूमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश नरहेको आयोगले स्पष्ट पारेको छ। यसबारे विभिन्न माध्यममा अप्रमाणित, भ्रामक तथा मिथ्या सामग्री प्रसारित भइरहेको भन्दै आयोगले सबैलाई त्यस्ता दाबीहरूमा विश्वास नगर्न आग्रह गरेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...