तोडफोड गर्नेविरुद्ध जाहेरी

Published on

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारेमा छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ । गत भदौ २४ गते जेनजी समूहले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको थियो । कार्यालयको भुइँ तलामा भएको आगजनी र उपकरण तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता फटिकराज मुडभरीले बताउनुभयो । 

मुडभरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा रहेका कम्प्युटर, फर्निचर र सिसिटिभीलगायतका उपकरणमा भएको तोडफोड र आगजनीबाट १३ लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको छ । यद्यपि आगलागीबाट महत्वपूर्र्ण फाइल, मिसिलमा भने क्षति नभएको उहाँले बताउनुभयो ।  आन्दोलनकारीले कार्यालयमा प्रवेश गर्दै सिसिटिभी तोडफोड गरेर भुइँ तलामा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको न्यायाधिवक्ता मुडभरीले बताउनुभयो । “सुरुमै सिसिटिभी तोडफोड गरिएको छ,” उहाँले भन्नुभयो, “जसले गर्दा आन्दोलनकारीको पहिचान हुन सकेको छैन ।” आन्दोलनकारीको पहिचान हुन नसक्दा सडक तथा अन्य क्षेत्रमा जडान गरिएका सिसिटिभीका माध्यमबाट उनीहरूको पहिचान गर्न सकिने न्यायाधिवक्ता मुडभरीले बताउनुभयो । “तोडफोड गर्नेको छानबिन गरी आवश्यक कारबाही गरिनुपर्ने मागसहित प्रहरीमा जाहेरी दिएका छौँ,” उहाँले भन्नुभयो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित जाहेरी परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्दै उपकरणलगायतका सामग्री तोडफोड गरिएकाले छानबिन गरेर कारबाही गरिने मागसहित जाहेरी परेको बताउनुभयो ।  “भदौ २४ गते साँझ कार्यालयमा कोही पनि नभएको अवस्थामा आगजनी र तोडफोड भएको देखिन्छ,” प्रनाउ बोहराले भन्नुभयो, “वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अगाडि बढाउँछौँ ।” कञ्चनपुरका अरू कार्यालय र व्यक्तिका घरमा भएको तोडफोड र आगजनीका विषयमा पनि उजुरीका आधारमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  गोरखापत्र 

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...