हिउँ चितुवा खोज्न जडान गरिए १५ वटा क्यामेरा

Published on

काठमाडौं । मुस्ताङमा हिमालको रानीको नामले चिनिने ‘हिउँ चितुवाको सङ्ख्या र अवस्था बारेमा सर्वेक्षण सुरू गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा १५ वटा क्यामेरा जडान गरी बासस्थान, आहारा तथा सङ्ख्याको खोजी सुरू गरेको हो । मुस्ताङमा हालसम्म हिउँ चितुवाको यकिन तथ्याङ्क नभए पनि विगतमा देखिएका क्षेत्र, पशु चौपायालाई क्षति बनाएका स्थानलाई केन्द्रित गरी क्यामेरा जडान गरिएको एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो । 

प्रमुख गुप्ताले भन्नुभयो, ‘‘जाडो याममा हिउँचितुवाको अध्ययनमा सजिलो हुन्छ, गर्मी र जाडोयामको अवस्थाका बारेमा पनि अध्यययन आवश्यक छ ।’’ गर्मी र जाडोयामको समयमा वन्यजन्तुको अवस्था बुझ्न यसअघि एक्यापले जेठ र असार महिनामा समेत क्यामेरा जडान गरेको थियो । यसपटक बायोकोस नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा एक्यापले जडान गरेको क्यामेरा दुई महिनासम्म राखेर बिहान, दिउँसो र बेलुकीको समयमा हिउँ चितुवासहित अन्य वन्यजन्तुको आवतजावतको अनुसन्धान गरिनेछ । यस समयमा अत्यधिक हिउँका कारण आहाराको खोजीमा बस्ती, गोठमा आउने दिशा, स्थान, वासस्थान र गतिविधि अवलोकन गर्न क्यामेराले सघाउने एक्यापले जनाएको छ ।

क्यामेरा जडान तथा आहारा प्रजातिको वासस्थान क्षेत्रका बायोकोस नेपाल कार्यक्रम सहायक बुद्धिप्रसाद गुरूङ र प्राकृतिक संरक्षण सहायक दीपक ओलीलाई परिचालन गरिएको छ । बाराजुङ मुक्ति क्षेत्रबाट सुरू भएको हिउँ चितुवाको अध्ययन घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिकासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा समेत गरिनेछ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँ चितुवाको वासस्थान भएको क्षेत्रलाई आहारा प्रजातिको वन्जयन्तुु  प्रशस्तै पाइन्छ । पछिल्लो समय जलवायु परिवर्तन, डढेलोका कारण वासस्थान अर्थात ‘कोर एरिया’ लाई समेत असर गरेको अनुमान अनुसन्धानकर्ताको छ । लजालु स्वभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...