एनपिएलमा आज चितवन–काठमाडौँ आमनेसामने, प्लेअफ समीकरण कडा

Published on

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अंक प्राप्त गर्दै अंकतालिकाको तेस्रो स्थानमा छ। प्लेअफ नजिक रहन आजको खेल चितवनका लागि महत्वपूर्ण छ, र जित हात पार्दै टोलीले आफ्नो सम्भावना अझ प्रस्ट बनाउन चाहन्छ।

उता, करण केसी नेतृत्वको काठमाडौँले चारमध्ये दुई खेलमा जीत निकाल्दै प्रतिस्पर्धामा टिक्ने प्रयास गरिरहेको छ। आजको खेल काठमाडौँका लागि प्लेअफ पुग्ने दृष्टिले ‘करो–या–मरो’ जस्तै देखिएको छ, किनभने हार भइसके काठमाडौँको यात्रा जटिल बन्न सक्छ। यसैगरी, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर आमनेसामने हुने भएका छन्, जसले अंकतालिकाको मध्यक्षेत्रको प्रतिस्पर्धालाई झनै रोचक बनाउनेछ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...