जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

Published on

काठमाडौं । नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ । सो क्याटेगरीमा दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठले चौथो स्थान प्राप्त गर्नुभयो । यसैगरी, इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनस खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो हुनुभयो ।

जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अंशु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो हुनुभयो । यसैगरी, जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो हुनुभएको छ । जुनियर सी क्याटेगरीमा सुप्रभात केसी प्रथम, अर्जित बर्मा दोस्रो, कौस्तुब चलाउने तेस्रो तथा शाश्वत केसीले चौथो स्थान प्राप्त गर्नुभयो । साइकलिष्टहरूले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट सो प्रतियोगिता आयोजना गरिएको देउसीभैली समूहका संयोजक कविराम बुढाथोकीले बताउनुभयो ।

नेपालगन्जमा देशकै दोस्रो तथा ठूलो पम्प ट्रयाक निर्माण भएको करिब दुई वर्षपछि पहिलोपटक औपचारिक प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक गगन थापाले बताउनुभयो । उहाँका अनुसार युवा तथा बालबालिकालाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितामा चार वटा उमेरगत विधा तथा बाँकेका भेट्रान खेलाडीहरूका लागि एक अतिरिक्त विधा समावेश गरिएको थियो । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी नेपालगन्ज बाइसाइकलले गरेको थियो भने प्राविधिक सहकार्य जिल्ला साइक्लिङ संघ बाँकेले गरेको थियो । गारखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...