बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

Published on

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारी सुरु गरेपछि पर्यटकको चहलपहल बढेको छ । निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको संख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा यो वर्षको सुरुबाट सञ्चालन गरिएको जङ्गल सफारीका कारण पर्यटकको आगमन बढ्दै गएको जनाउँदै जङ्गल सफारीका लागि निजी लगानी पनि बढ्न थालेको बताउनुभयो । उहाँले जङ्गल सफारीका लागि निजी क्षेत्रको लगानी र चासो बढेपछि पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो।

नेपालगन्ज र कोहलपुरमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका होमस्टे तथा रिर्सोटले नेपाली, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर जङ्गल सफारी सञ्चालन गरिरहेका छन् । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुईवटा जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्ने पर्यटकको घुइँचो लाग्न थालेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले बताउनुभयो ।  शनिबार सबैभन्दा बढी आन्तरिक पर्यटकहरु सफारीका लागि आउने गरेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले बताउनुभयो । 

काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट दैनिक ३० देखि ५० जनासम्म पर्यटक सफारीका लागि आउने गरेको पर्यटन व्यवसायीले जनाएका छन् ।  राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले जङ्गल सफारीले पर्यटकको संख्या बढाउन ठुलो सहयोग गरेको जनाउँदै पर्यटक बढ्दै जाँदा स्थानीयको आयस्तर पनि वृद्धि हुने बताउनुभयो ।  पर्यटन मञ्च बाँकेको संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्जमा छिमेकी देश भारतबाट पनि ठुलो संख्यामा पर्यटक भित्र्याउन सकिने हुँदा त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले जङ्गल सफारीकै कारण निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले यस क्षेत्रका होटल र पर्यटन व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो ।  बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ््ख्या बढेर २५ पुगेको थियो । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो । गारखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...