राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुरुङचौकी माध्यमिक विद्यालयलाई

Published on

काठमाडौं । बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ । बिरुवा –८ मेथाभुरुङको पुष्प मदन खेलमैदानमा भएको प्रतिस्पर्धामा भुरुङचौकी माविले १० स्वर्ण, नौ रजत र दुई काँस्य पदक जित्दै उपाधि हासिल गरेको हो ।

यस्तै, छ स्वर्ण, पाँच रजत र दुई काँस्यसहित जामुने डाँडा माध्यमिक विद्यालय दोस्रो भएको हो भने पाँच स्वर्ण, चार रजत र चार काँस्य जितेको बिरुवा मुनलाइट एकेडेमी तेस्रो बनेको हो । भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १० विद्यालयकाे सहभागिता थियो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले खेलकुदले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकासमा मद्दत गर्ने बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...