सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

Published on

काठमाडौं । कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो । परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले कैलालीमा प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चुनावलगायत अन्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले भारततिर पनि सुरक्षा व्यवस्था कडाइ गरेको उल्लेख गर्नुभयो ।

प्रशासनले परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूहलाई जिल्लाभित्र प्रवेश गरेको देखेमा नजिकको सुरक्षा निकायमा जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ । यसैगरी, परिचय नखुलेका अपरिचित, शङ्कास्पद व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास र कुनै कामकाज गराउने काम नगर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...