एमाले महाधिवेशनको बन्दसत्र सुरु

Published on

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–पटक सरेको थियो। सुरुमा १२ बजे तय गरिएको बन्द सत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजेका लागि सारिएको थियो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले खाना खाएपछि बन्द सत्र सुरु गरिने छ। बन्द सत्र काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजना हुँदै छ। बन्दसत्रमा दुई हजार दुई सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।  

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानै विधान कायम राखेर अघि बढ्ने निर्णय गरेको छ। बैठकले विधानको मूल मर्म नबदल्ने र संरचनागत पक्षमा मात्र समायोजन गर्ने निर्णय गरेको हो। निर्णय अनुसार बन्द सत्रबाट अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुने छ। पोलिटब्युरो ९९ सदस्यीय बनाइने छ भने पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी गठन गरिने छ। पार्टी नेतृत्वका अनुसार बन्द सत्रमा विधान संशोधनका सन्दर्भमा सङ्ख्या र संरचनामा मात्र परिवर्तन हुने र अन्य प्रावधान यथावत् राखिने छन्। बन्द सत्रबाट विधान संशोधन पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। गोरखापत्र   

spot_img

ताजा समाचार

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...

एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि...