गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे हुँदै

Published on

काठमाडौं । नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतकाे सहरी विकास तथा भवन कार्यालय दाङ मार्फत करिब ६ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का लागेर काम अघि बढ्न लागेको हो । दुई वटा प्याकेजमा सडकको ठेक्का लागेको कार्यालय प्रमुख इन्जिनियर इश्वरी प्रसाद देवकोटाले जानकारी दिनुभयो । दम्ती–धाईरे सहरी विकासतर्फ भ्याटसहित चार करोड १५ लाख चार हजार ५०९ रुपियाँ र धाईरे–अधेरी सडकको सहरी पूर्वाधार विकास तर्फ भ्याटसहित चार करोड २९ लाख ८१ हजार ९१९ रुपियाँमा ठेक्का लागेको उहाँले जानकारी दिनुभयो । दुवै ठेक्काको म्याद आगामी असार १ गतेसम्मको रहेको छ ।

सोमबार लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती–धाईरे–अधेरी सडक खण्डको शिलान्यास गर्नुभएको हो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने काम अघि बढ्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभएको छ । “दम्ती अधेरी कच्ची सडक पिच गर्न प्रतिबद्धता जनाएको थिए,” उहाँले भन्नुभयो,“अहिले यो बाटोमा आवश्यक बजेट विनियोजन भएको छ ।” दुई खण्डमा निर्माण थालिने उक्त सडकको ठेक्का लागिसकेको छ । मन्त्री थापाले बाहाने–स्याउलिवाङ खण्डमा समपुरक योजना अन्र्तगत ४२ करोड रुपियाँको काम भइरहेको बताउनुभयो । सडक स्तरोन्नतीको काम सयममै सक्ने निर्माण कम्पनी हरियाली–एसियाली–एडभान्स जेभीका प्रतिनिधि शोभाराम न्यौपानेले बताउनुभयो । राज्यले ग्रामीण सडक स्तरोन्नतीका लागि छुट्याएको बजेटलाई समयमै काम गरेर कार्यान्वय गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...