घुम्ती शिविरबाट एक हजार ८ सय लाभान्वित

Published on

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट एक हजार ८१८ नागरिकलाई सेवा पाएका छन् । भौगोलिक विकटताका कारण पालिकाको सेवा लिन कठिनाइ भएका नागरिकलाई वडावडामा पुगेर शिविर मार्फत सेवा दिएको हो । भुगोलको हिसाबले दुर्गम रहेको गाउँपालिकाले नागरिकको सहजताका लागि गत मंसिर २८ देखि आइतबार सम्म प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेको थियो । गाउँपालिकाको कार्यालय बाट प्रदान गरीने सम्पूर्ण सेवा सहित पालिकाले वडा १ को बाकामलाङ, वडा नं। २ को सहलकोट, वडा नं। ३ को झिरुवास, वडा नं। ४ को मित्याल, वडा नं। ५ को गल्धा, वडा ६ को अर्चले र वडा ७ को ज्यामिरे पुगेर प्रदान गरेको हो । भुगोलका कारण पालिकाको सेवामा सबै नागरिकको पहुँच नपुग्ने भएकाले घुम्ती शिविर मार्फत् सेवा प्रवाह गरिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । शिविरले दुर्गम तथा पिछडिएका समुदायका नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै सेवामा पहुँच र स्थानीय सरकार प्रतिको विश्वास अभिवृद्धिमा टेवा पुगेको बताउनुभयो । उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले शिविरले पालिकाको सेवामा जनताको सहज पहुँच प्रदान गरेको बताउनुभयो ।

भुगोलका कारण सेवा लिनका लागि दिन विताएर गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै सहज, सरल र सर्वसुलभ रूपमा सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो ।  गाउँपालिकाका प्रशासकिय अधिकृत एवं सूचना अधिकारी अर्जुन खनालका आनुसार सात दिन सम्म सञ्चालन भएको शिविरबाट एक हजार ८१८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । शिविर बाट शिविरबाट ६२ योजना सम्झौता गर्नुका साथै १० वटा योजनाको पेश्की भुक्तानी गरिएको उहाँले बताउनुभयो । साथै  एक हजार ७२ जनाले सामान्य स्वस्थ्य परीक्षण सेवा, ९९८ जनाले स्वास्थ्य औषधी वितरण सेवा, ८१८ जनाले रक्त समूह परीक्षण सेवा, ७९२ जनाले आयुर्वेद औषधी वितरण सेवा,  ४ जनाले व्यवसाय दर्ता सेवा, ६२ जनाले व्यवसाय नविकरण सेवा, ६३ जना कृषकले माटो परीक्षण सेवा, ८४९ कृषकको १९ हजार ६८० पशुचौपायाको लागि औषधी वितरण, २३२ जनाले वैदेशिक रोजगार अभिमुखीकरण सेवा, २१९ जनाले भू–वर्गीकरण निवेदन सेवा लिएका छन् । ७ वटा संस्थाको नविकरण समेत गरिएको छ ।

शिविरमा प्रत्येक वडाका कृषकले उत्पादन गरेका कृषि उपज तथा खसी बोका प्रदर्शन गरी उत्कृष्टलाई पुरस्कृत गरिएको थियो । वडागत रूपमा विद्यालयका विद्यार्थीहरु विच बौद्धिक प्रतियोगिता सञ्चालन भएको थियो । उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरूले उत्पादन गरेको सामग्री बिक्री वितरण गरिएको थियो । शिविरको अवसरमा २८४ जना जेष्ठ नागरिकलाई लौरो, टर्च लाईट र हर्लिक्ससहित सम्मान गरिएको थियो । शिविर मार्फत ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण, जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...