चिसो बढेपछि चन्द्रपुरका विद्यालय आजदेखि बन्द

Published on

काठमाडौं । रौतहटमा  चिसो अत्याधिक बढेपछि चन्द्रपुर  नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई  ध्यानमा राखेर विद्यालय बन्द गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । चन्द्रपुर नगरपालिकाका शिक्षा अधिकृत दLपेन्द्रकुमार मण्डलले दिनुभएको जानकारी अनुसार पुस १४ देखि १८ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो । यसअघि शीतलहर र चिसोका कारण रौतहटको माधव नारायण नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गरेर पुस १३ देखि १८ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा बिदा दिएको थियो  ।

त्यस्तै अधिकांश विद्यालयले यसअघि नै बिदा दिएको थियो । गौर नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका र ई शनाथ नगरपालिकाले पुस ८ देखि ११ गतेसम्म चार दिनका लागि तथा  देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका र गढिमाई  नगरपालिकाले  पुस ९ देखि ११ गतेसम्म तीन दिनका लागि आआफ्नो नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा  दिएको थियो । चिसो र शीतलहर यथाबत रहेकाले पुस १३ देखि १५ गतेसम्म तीन दिनका लागि पुनः विद्यालयमा बिदा दिइएको वृन्दावन नगरपालिकाका प्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो  । अवस्था अनुकूल नभए पुनः बिदा थप हुनसक्ने उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...