काठमाडौं । गुल्मीको शान्तिपुरमा ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले गर्नुभयो । उहाँले तालिमलाई व्याबहारिक र उपलब्धिमूलक बनाउन सहभागीलाई आग्रह गर्नुभयो । लामो समयदेखि घरेलुसँग सहकार्य गरेर सीप र उद्यम विकासका लागि आवश्यक तालिमहरु सञ्चालन भइरहेकाले जिल्लाकै एकमात्र मण्टेश्वरी तालिमको लाभका लागि सक्रियता देखाउनु पर्नेमा केसीले जोड दिनुभयो ।घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । चन्द्रकोट बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने २० जना विद्यार्थी तालिममा सहभागी छन् । बाल्यकालमै बालबालिकाको सिकाइ उपलब्धि उन्नत बनाउन तालिमले सहजीकरण गर्ने अपेक्षा आफुहरुको रहेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले बताउनुभयो। गोरखापत्र

