कहिले हुन्छ, नाग्म गमगढी सडक कालोपत्रे

Published on

काठमाडौं । नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, प्रदेश सभा सदस्य तथा तत्कालीन कर्णाली प्रदेशका पर्यटन मन्त्री जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोगमार्गलाई स्तरोन्नति गर्न पटकपटक माग गर्दै आउनुभएको छ । तत्कालीन मन्त्री शाहीले भन्नुभयो, ‘‘नाग्मदेखि गमगढीसम्म सडक स्तरोन्नति नहुँदा हजारौं नागरिकदेखि रारा घुम्न आउँने पर्यटकले समस्या खेप्नुपरेको छ । सडक स्तरोन्नति नभएकै कारण सवारी दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका छन् । यो मृत्यु मार्गलाई कहिले राजमार्गमा परिणत गर्ने हो ?’’

तत्कालीन सङ्घीय सांसद शाहीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्नलाई सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ । साँघुरो र खाल्डाखुल्डीका कारण लोगमार्गमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मेको सामाना गर्दै आएका छन् । नाग्म–गमगढी सडक सञ्चालन आएको वर्षौं दिन बितिसक्यो, तर सम्बन्धित निकायले कालोपत्रे गर्नेतर्फ ध्यान दिन नसकेको मुगमकार्मारोङ गाउँपालिका वडा नं– ८ का यात्रु रामसिंङ रोकायाले बताउनुभयो । त्यस्तै, जिल्ला नागरिक समाजका संयोजकसमेत रहेका निवृत्त शिक्षक रुपबहादुर मल्लले  नाग्म–गमगढी लोगमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै काम नभएको बताउनुहुन्छ । सडक एक लेनको मात्र हुँदा यात्रा जोखिमपूर्ण बनेको मल्लको भनाइ छ । ‘‘लोगमार्ग एक लेनको छ, धुमरौंमा दुर्घटना बढ्ने जोखिम छ । माटोको परीक्षण नभई सडक खनिएका कारण पहिरो जाने समस्या उत्तिकै छ,’’ उहाँले भन्नुभयो, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’’ सडकलाई कम्तीमा दुई लेनको बनाउनुपर्ने उहाँको माग छ । मल्लका अनुसार गत  असोजमा नाग्म–गमगढी लोगमार्गअन्तर्गत पिना गाउँको तपनेखोलामा ३२ जना यात्रुले गाडी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

लोगमार्गमा पक्की पुल निर्माण नहुँदा, खाल्डाखुल्डी र साँघुरो मोड एक लाइन सडकले दुर्घटनाको जोखिम उच्च रहेको सवारीचालक हेमराज हमालले बताउनुभयो । यता सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख दीपेन्द्र चौधरीका अनुसार नाग्म गमगढी लोगमार्गलाई छिटोछरितो स्तरोन्नति गर्न यो  आर्थिक वर्ष पनि सम्बन्धित मन्त्रालयले बजेटको व्यवस्थापन गरेको छैन । छायाँनाथ रारा नगरपालिका–८का  स्थानीय  समाजसेवी अमरबहादुर रावलले लोगमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले दुःख पाइरहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...