गुल्मीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु

Published on

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मदाने गाउँपालिक–६ पुर्कोट तर्फ जाँदै गरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको लु.प्र.०१–००ख०३५५ नं.को बस र अर्को दिशातर्फ हिडेको लु ९ प ८१५० नं. को मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मालिका गाउँपालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको गुल्मी अस्पतालबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । मोटरसाइकलमै रहेका ६ वर्षीय अनुभव गिरी र बसमा सवार ४१ वर्षीया लिलावती अर्याल घाइते भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ को चुराबहादुर थापा र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

काठमाडौं । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न...

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ...