थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका लागि निम्तो दिएको हो। मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने महोत्सवका लागि प्रधानमन्त्री कार्कीलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो।

भेटका क्रममा अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। उहाँले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि थारू समुदायको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।” देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको सहभागिताबाट भएको विकास मात्र दिगो हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो। थारू समुदायले प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन माघी पर्व मनाउने परम्परा छ। गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...