युक्रेनका सहयोगी सुरक्षा ग्यारेन्टीको लागि छलफलमा

Published on

काठमाडौं । युक्रेनका प्रमुख सहयोगीले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ । दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकको समूहको शिखर सम्मेलनलाई “कोएलिशन अफ द विलिङ” भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको बैठक मध्ये पछिल्लो हो ।छलफलका लागि २७ राष्ट्र प्रमुखसहित ३५ देशका प्रतिनिधि पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगी संयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।  

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट” रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताउनु भएको छ । युक्रेन, युरोप र अमेरिकाबिचको पुनः संयोजनको यस अभ्यासमा सफल भएको उहाँले सोमबार पत्रकारलाई बताउनु भएको छ । कूटनीतिक स्रोतका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरुले विशेष गरी युक्रेन र रूसबिच युद्धविराम कस्तो देखिन्छ भन्ने साझा दृष्टिकोण र उल्लङ्घनको अवस्थाको प्रतिक्रियामा प्रतिबद्ध हुन तयार रहेको जनाएका छन् ।

उनीहरूले सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा “युक्रेनलाई आश्वासन दिन” बहुराष्ट्रिय बल तैनाथ गर्ने बारेमा पनि छलफल गर्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताउनु भएको छ । छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनीलगायत १५ देशका सुरक्षा सल्लाहकार साथै नेटो र युरोपेली सङ्घका प्रतिनिधि यस अघि भर्चुअलरूपमा सहभागी भएका थिए ।पछिल्लो समयमा सम्झौता “९० प्रतिशत” तयार रहेको किएभले बताएको छ । यद्यपि मस्को र किभ दुवै युद्धपछिको सम्झौताका प्रमुख मुद्दामा मतभेदमा छन् । युक्रेनको करिब २० प्रतिशत ओगटेको रूसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लागि दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई चेतावनी दिदै फेरि आक्रमण गर्नबाट रोक्ने र असफल हुने शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...