संरक्षणको पर्खाइमा किम्नी झरना

Published on

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नीमा रहेको किम्नी झरना संरक्षणको पर्खाइमा छ । पर्यटकीय रूपले यो झरना निकै लोभलाग्दो भए पनि यसको व्यवस्थापन हुन नसक्दा यो झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहँदै आएको हो । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रूपमा रहेको किम्नी झर्नाको कतैबाट संरक्षण हुन सकेको छैन । यो झरना यहाँका स्थानीयका लागि एक आयआर्जनको माध्यमको रूपमा रहेको भए पनि यो झरना अहिलेसम्म कतैबाट संरक्षण नहुँदा पछिल्लो समय आन्तरिक पर्यटकले खासै चासो नदेखाएको त्रिवेणी नगरपालिका –५ का स्थानीय व्यापारी बजिरे बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वीरे झरनाजस्तै किम्नी झरनालाई पनि संरक्षण गर्ने हो भने यहाँका स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।” त्रिवेणी नगरपालिकामा रहेका मौर, नाटेश्वरी, मालिकालगायतका धेरै ठाउँ पनि पर्यटकीय स्थलको रूपमा छन् । त्योमध्येकै यो किम्नी झरना पनि एक पर्यटकीय स्थलको रूपमा छ । नाटेश्वरी, मालिका र मौरेका केही पर्यटक स्थल संरक्षण भए पनि किम्नी भरना भने कतैबाट संरक्षण हुन नसकेको बुढाले बताउनुभयो । झरनाको संरक्षण तथा व्यवस्थापनका लागि धेरै ठाउँमा पहल गर्दा पनि अहिलेसम्म कतैबाट संरक्षण नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बुढाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...