प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा १ हजार ३ सय ७५ निर्वाचन प्रहरी भर्ना गरिने

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्लामा एक हजार तीन सय ७५ जना निर्वाचन प्रहरी भर्ना गरिने जानकारी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडुले दिनुभयो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको संयुक्त कार्य विधि-२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवारले माघ १ गतेसम्म निवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो। दरखास्त जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको गुल्ममा दिन सकिने जनाइएको छ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक उम्मेदवार हुन सक्नेछन् । उम्मेदवार सामान्य लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त तोकिएको छ ।

शारीरिक मापदण्डतर्फ पुरुषको न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट र तौल ४२ केजी तोकिएको छ । महिलाको हकमा गर्भवती नभएको वा गर्भावस्था समाप्त भइसकेको हुनुपर्ने उल्लेख गरिएको छ । सम्पर्क मिति माघ ४ गते तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । छनोट भई नियुक्ति पाएका निर्वाचन प्रहरीको कार्यावधि ४० दिन रहनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...