निर्वाचन प्रहरी भर्नामा सप्तरीमा उत्साहजनक सहभागिता

Published on

काठमाडौं । सप्तरीमा निर्वाचन प्रहरीमा आवेदन दिनेहरुको घुईंचो लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रहरीमा भर्ना हुन आवेदन दिनेको घुईंचो लागेको हो । आइतबारसम्म तीन दिनमा दुई हजार हजार छ सय ५६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । चार हजार दुईसय सय २२ जना निर्वाचन प्रहरी आवश्यक रहेको यस जिल्लामा आवेदन दिनेको उत्साहजनक सहभागिता भइरहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रिया निर्वाचन प्रहरी पदमा १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको प्रहरी नायव पुरीले बताउनुभयो ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ । यो सँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...