सुनौलो भविष्यको खोजीमा रुस गएका कञ्चनपुरका दिनेश नायक लामो समयदेखि सम्पर्कविहीन

Published on

निलाक्सी चन्द
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका नेपाली विद्यार्थी दिनेश नायक रुसमा बिगत दुई वर्षदेखि सम्पर्कविहीन रहेका छन् ।

दिनेश नायकको भाउजु भागरती नायकका अनुसार “दिनेश उच्च शिक्षा अध्ययनका लागि वि.सं २०८० असार ८ गते रुस गएका थिए।अध्ययनको क्रममा आर्थिक समस्याको कारण उनी दुई महिनापछि रुसी सेनामा भर्ती हुन बाध्य भए र सोही वर्ष मङ्सिर १० गते परिवारसँग अन्तिम कुराकानी भएको थियो र त्यसपछि परिवारको उहाँसँग कुनै पनि सम्पर्क नरहेको जनाएको छ।

परिवारका अनुसार दिनेशको अवस्थाबारे हालसम्म केही पनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यस विषयमा परिवारले स्थानीय तहदेखि सम्बन्धित निकायसम्म जानकारी गराउँदै आएको भए पनि कुनै ठोस सूचना नआएको जनाएको छ।

विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपाली युवाहरूको सुरक्षासँग जोडिएको यो विषयलाई मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने स्थानीय सरोकारवालाहरूको भनाइ छ।

परिवारले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा मस्कोस्थित नेपाली दूतावासको सहयोगमार्फत दिनेश नायकको अवस्थाबारे जानकारी प्राप्त हुने आशा व्यक्त गरेको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...