काठमाडौं । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं –१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं –२ मा चापाकोट नपा –५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।
ढकाल मुक्तिनाथ विकास बैंकको सीइओ तथा अध्यक्ष बन्नु भएको हो भने निर्वाचनमा पहिलो पटक होमिनु भएको हो । यस्तै, मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं –२(ख)बाट निर्वाचित हुनु भएको थियो । पार्टीले टुङ्गो लगाए पनि पत्र भने नपाएको मल्लले बताउनुभयो । गोरखापत्र

