भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

Published on

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । मङ्गलबार  बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै दाहालले राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर प्रमुख हुनुहुन्थ्यो । सङ्घीय  संसदको निर्वाचनमा चितवन ३ वाट उम्मेदवार हुन उहाँले राजीनामा दिनुभएको हो ।  मङ्गलबार नै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

राजीनामा दिनु अघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । दाहालले दिनुभएको राजीनामा उपप्रमुख चित्रसेन अधिकारीले स्वीकृत गर्नुभएको  बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...