निवेदन दिएकाे दस वर्षपछि आमाको नामबाट नागरिकता

Published on

काठमाडौं । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले एक दशकभन्दा लामो प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । नागरिकता ऐन, २०६३ को संशोधित व्यवस्था कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो । नागरिकता प्राप्त गरेसँगै नागरिकताविहीन जीवन बिताइरहेका दुबैका लागि शिक्षा, रोजगारी र पहिचानको बाटो खुलेको छ । नागरिकताका लागि समिरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समिर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । समिर र यास्मिनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने श्रीमान् सलिम खान भारतको कलकत्ताका हुनुहुन्छ । ३४ वर्षअघि विवाह भएपनि मनिरजाले बेनीमा श्रङ्गार व्यवसाय गर्दै आउनुभएको छ । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसक्नुभएको छ । उहाँले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदान समेत गर्नुभएको थियो । 

समिर र यास्मिनको साबिक अथुङ्गे गाविसमा जन्म दर्ता छ । दुबैले उच्च शिक्षा हासिल गरेपनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि नेपाली नागरिक भएको महसुस गरेको समिर र यास्मिनले बताउनुभयो । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५, देवीस्थानकी २२ वर्षीय सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...