लुम्बिनी प्रदेशमा अहिलेसम्म २०४ मत खस्यो

Published on

काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला २५ र पुरुष ३५ गरी जम्मा ६० मत खसेको छ । त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ५४ र पुरुष ९० गरी जम्मा १४४ मत खसेको छ ।

लुम्बिनी प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरिरहेका छन् । निर्वाचनका लागि दुई मतदान केन्द्रमा गरी २० जना कर्मचारी खटाइएका छन्। लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...